Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वारा

klalaiya-5

जिल्ला सुरक्षा समितिको बैठकबाट निकट रुपमा आर्इरहेको दिपावली (तिहार) र छठ पर्वको सुव्यवस्थापनका लागि देहाय अनुसारको निर्णय गरेको हुँदा तपाइको लोकप्रिय सञ्चार माध्यमबाट सर्वसाधारणको लागि प्रचार-प्रसार गरी सहयोग गरी दिनुहुन निर्णयका हुँदा संलग्न राखी अनुरोध

7 महिना अगाडी

2076-07-07


जिल्ला सुरक्षा समितिको बैठकबाट निकट रुपमा आर्इरहेको दिपावली (तिहार) र छठ पर्वको सुव्यवस्थापनका लागि देहाय अनुसारको निर्णय गरेको हुँदा तपाइको लोकप्रिय सञ्चार माध्यमबाट सर्वसाधारणको लागि प्रचार-प्रसार गरी सहयोग गरी दिनुहुन निर्णयका हुँदा संलग्न राखी अनुरोध गरेको छु।

1.  यमपञ्चक (तिहार) को अवधिमा शहर, बजार तथा सडक आपपासका होटल रेष्टुरेन्ट लगायत मदिराजन्य पदार्थ बिक्री हुने स्थलहरु     बेलुका 8:00 बजे पछिको समयमा सञ्चालन गर्न नपाउने गरी रोक लगाउने र यसका लागि स्थानीय तहसँग समन्वय गरेर अग्रिम सूचना जारी गरी सम्बन्धीत व्यवशायीहरुलार्इ जानकारी गराउने ।

 

2.  दिपावलीको अवसरमा खेलिने देउशी तथा भैलोको कार्यक्रम बेलुका 9:00 बजे पछि नगर्ने/नगराउने व्यवस्था मिलाउने .

3.  दिपावली तथा छठ पर्व मनाउने क्रममा जातीय तथा धार्मिक सद्‍भाव कायम गरेर मनाउन त्यस्ता स्थानको   पहिचान गरेर जिल्ला   प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय बल 12 नं. गणले सुरक्षाकर्मी परिचालन गर्ने । 

4.  जुवा, तास, विङ्गो, लङ्गुरबुर्जा जस्ता खेल खेलाउन, विना अनुमतिका चिठ्ठा बिक्री गर्न रोक लगाउने । यसै गरी  पटाका आतिसवाजी,   भुर्इचम्पा, झिरझिरे जस्ता विष्फोटक र प्रज्वलशील बस्तु पटकाउनमा रोक लगाउने ।

 

5.  समाजमा नकारात्मक असर पर्ने खालका गीत/संगीत तथा श्रव्य-दृश्य सामाग्रीको प्रस्तुती/प्रदर्शनमा रोक लगाउने तथा जन-जीवनलार्इ   असर पर्ने गरी चर्को अवाजमा मार्इक, साउण्ड बक्स आदिको प्रयोगबाट ध्वनि प्रदुषण गर्न रोक लगाउने ।

 

6.  सवारी साधनहरुमा भारवाहन क्षमता ( तोकिएको सिट भन्दा ) बढी यात्रुलार्इ ओसार-पसार गर्न रोक लगाउने र विना हेलमेट मोटरसार्इकल चलाउन रोक लगाउने ।

 

7.  सरकारी तथा सार्वजनिक निकाय, बैङ्क बितिय र सूचना प्रदायक संस्थाहरुको सुरक्षामा थप निगरानी बढाउने ।

 

8.  सर्वसाधारणहरुलार्इ सुरक्षा सन्दर्भमा गुनासो गर्न देहायका फोन नं.रहेको व्यहोरा जानकारी गराउने ।

 1.नेपाल प्रहरी सञ्चार 01-4412603

2.नेपाल प्रहरी कन्ट्रोल 01-4412780

3.नेपाल प्रहरी   100 ( देशभर)

4.सशस्त्र प्रहरी बल 1114 ( देशभर)

5.प्रमुख जिल्ला अधिकारी,बारा 9855007777

6.प्रहरी उपरीक्षक बारा    9855005555

7.प्रदेश नं.2 ट्राफिक प्र. का. पथलैया,बारा9855090122

8.इलाका प्रशासन कार्यालय कोल्हवी 9855074677

9.इलाका प्रशासन कार्यालय सिमरा 9855009777

10.इलाका प्र. का. सिम्रौनगढ बारा 9845435120