Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वारा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वारा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्लाको परिचय 2076-05-17


जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ ।

१.बारा जिल्लाको संक्षिप्त परिचय

मधेश प्रदेशअन्तर्गत मध्य तराईको दक्षिणी भु-भागमा समुन्द्री सतहबाट १५२ मिटर देखि ९१५ मिटरको उचाईमा अवस्थित बारा जिल्ला १२६३ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको छ । यस बारा जिल्लाको पुर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर जिल्ला र दक्षिणमा भारतको बिहार राज्यको पुर्वीचम्पारण जिल्ला पर्दछ । पुरापुर्वकालमा गढी गौंडा र गोश्वाराको रुपमा परिचित गाँउ बारागढीको नामबाट यस जिल्लाको नाम बारा रहन गएको किम्बदन्ती पाईन्छ । ऐतिहासिक धार्मिक स्थलहरुले सु-सज्जित यो जिल्ला साँस्कृतिक तथा पुरातात्विक महत्वको दृष्टिले निकै अगाडी रहेको छ । प्रत्येक ५ बर्षमा लाग्ने गढीमाई मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरुको व्यापक आगमनको कारण पनि बारा जिल्ला धार्मिक आर्कषणको केन्द्रको रुपमा परिचित छ । औंद्योगिक दृष्टिकोणले हेर्दा पनि बारा जिल्ला समानुपातिक रुपमा अगाडी बढेको देखिन्छ ।

 

२.भौगोलिक अवस्था

सिमाना

पूर्व रौतहट जिल्ला, पश्चिम पर्सा जिल्ला, उतर मकवानपुर जिल्ला, दक्षिण भारतको बिहार राज्यको मोतिहारी जिल्ला पर्दछ ।

बारा जिल्ला स्थित नेपाल-भारत सिमा लम्बाई

बिश्रामपुर गा.पा.देखि सिम्रौनगढ न.पा.सम्म ६० कि.मी.

क्षेत्रफल

१२६३वर्गकि.मि

औषत लम्बाई पूर्व पश्चिम

४६ कि.मी.

उचाई

समुद्र सतह देखि १५२ मिटर देखि ९१५ मिटर सम्म

अक्षांश

२६५१' देखि २७२'

देशान्तर

८४५१' देखि ८५१६'

अवस्थिति

समतल र चुरे पहाड

हावापानी

उष्ण ( Tropical) देखि उपाष्ण ( sub Tropical)

तापक्रम

अधिकतम ३४.३ सेल्सीयम, न्यून्तम १८सेल्सीयम

सापेक्षित आद्रता

५२ देखि ९३ प्रतिशतसम्म

स्थानिय तह

उ.म.न.पा-२, न.पा-५ र गा.पा-९ गरी जम्मा १६ वटा

जनसंख्या

(२०7८ को जनगणना अनुसार पुरुष ३५८१४४, महिला  ३४२८९३ गरी जम्मा ७०१०३७ रहेको छ।

राजनैतिक बिभाजन

प्रतिनिधि साभा निर्वाचन क्षेत्र संख्या ४ र प्रदेश साभा निर्वाचन क्षेत्र८ वटा रहेको छ ।

 

 

 

३.बारा जिल्लाका  धर्मअनुसार जनसङ्ख्याको विवरण     

धर्म

हिन्दु

बौद्ध

इस्लाम

किरात

क्रिश्चिन

प्रकृति

बोन

जैन

बहाई

शिख

उल्लेख नभएको

जनसंख्या

६१७३४४

३०९८०

११२२४८

३२६

२१५५

७५

१३१६

( स्रोतः-राष्ट्रिय जनगणना २०७८ )

४.धार्मिक स्थलहरु

गढीमाई मन्दिर, राजदेवी मन्दिर, सिद्देश्वर मन्दिर, राधाकृष्ण मन्दिर, बेलपाती मन्दिर,बुद्ध मन्दिर,सहजनाथ महादेव (काटघाट) मन्दिर, चुरियामाई मन्दिर, कंकालीमाई मन्दिर, रामजनाकी मन्दिर, हनुमान मन्दिर , महजिद, मदर्सा आदि प्रमुख धार्मिकस्थलहरु रहेका छन् ।

५.स्थानिय तहको विवरण:-

सि.नं.

स्थानिय तहको नाम

क्षेत्रफल ( बर्ग कि.मी.)

 

वडा  संख्या

जनसंख्या ( जनगणना २०७८)

  1.  

कलैया उपमहानगरपालिका

१०८.९४ बर्ग कि.मी.

२७ वटा

१४११७९

  1.  

जितपुर सिमरा उ.म.न.पा

३१२.२ बर्ग कि.मी

२४ वटा

११९१४८

  1.  

कोल्हबी नगरपालिका

१५७.४२ बर्ग कि.मी.

११ वटा

४६२००

  1.  

निजगढ नगरपालिका

२८९.४४ बर्ग कि.मी

१३ वटा

३६५९१

  1.  

सिम्रौनगढ नगरपालिका

४१.४६ बर्ग कि.मी

११ वटा

५३१०३

  1.  

महागढीमाई नगरपालिका

५५.३२ बर्ग कि.मी

११ वटा

५९७४४

  1.  

पचरौता नगरपालिका

४४.०३ बर्ग कि.मी

९ वटा

४०२५२

  1.  

आदर्श कोतवाल गाउँपालिका

३६.२४ बर्ग कि.मी

८ वटा

२९५८६

  1.  

करैयामाई गाउँपालिका

४७.६८ बर्ग कि.मी

८ वटा

२९०४५

  1.  

बारागढी गाउँपालिका

३९.२९ बर्ग कि.मी

६ वटा

२९८३६

  1.  

सुवर्ण गाउँपालिका

२३.३१ बर्ग कि.मी

७ वटा

३५८७५

  1.  

देवताल गाउँपालिका

२३.३१ बर्ग कि.मी

७ वटा

२५०८२

  1.  

फेटा गाउँपालिका

२३.६६ बर्ग कि.मी

७ वटा

२८९२२

  1.  

विश्रामपुर गाउँपलिका

१९.८१ बर्ग कि.मी

५ वटा

२३८९१

  1.  

प्रसौनी गाउँपालिका

२०.२४ बर्ग कि.मी

७ वटा

२१७४७

  1.  

परवानीपुर गाउँपालिका

१५.४८ बर्ग कि.मी

५ वटा

२२४६६

 

 

 


पछिल्लो अपडेट गरिएको : 2083-01-04 11:19:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, वारा .