बारा जिल्ला समुन्द्र सतहवाट 152 मि. देखि 915 मिटरको उचाईमा अवस्थित यो जिल्ला 1190 वर्ग कि.मि.(1,29,563 हेक्टर) मा फैलिएको छ ।नेपालको प्रदेश नं.2 अन्तगर्त ८ वटा जिल्ला मध्येका एउटा महत्वपूर्ण जिल्ला रुपमा बारा जिल्ला रहेको छ ।26.51 देखि 27.02 उत्तरसम्म अक्षांस र 84.51 देखि 85.16 पुर्वि देशान्तरसम्म फैलिएको यस बारा जिल्लाको पुर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ल पर्दछ । बारा जिल्लाको कुल क्षेत्रफल 1,29,563 रहेको छ जसमध्ये 69,516 खेती योग्य जमित, बलौटो 5,114 हेक्टर वन क्षेत्रले 47,182 हेक्टर ओगटेका छ । जिल्लामा जम्मा 1,08,600 परिवार मध्ये 1,04,322 आफ्ना निजी घरमा र 2,955 परिवार भाडको घरमा बस्ने गरेका छन्।
2068 सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस बारा जिल्लाको कुल जनसंख्या 687708 रहेको छ । जसमध्ये 351244 पुरुष र 336464 महिला रहेका छन । यस अविधिको जनसंख्या वृद्धिदर 2.07 प्रतिशत रहेको देखिन्छ । यस जिल्लामा हिन्दु धर्म मान्नेहरु 562081, बौद्ध 31142, ईस्लाम 89686 किरात 1290 ईसाई (क्रिशचन) 1621 अन्य धर्म मान्नेहरु 1688 जना रहेका छन् ।
श्री गढीमाई मन्दिर, श्री कंकाली मन्दिर, श्री चुरियामाई मन्दिर, जीतपुर गढिमाई मन्दिर, श्री सनुखिया माई मन्दिर, ऐतिहासिक हलखोरिया दह, रनिवास मन्दिर (रामजानकि मन्दिर), सहजनाथ महादेव मन्दिर, ऐतिहासिक सिद्धेश्वर महादेव मन्दिर
कलैया उ.म.न.पा. भित्र पर्ने दरवार, सिद्धेश्वर संस्कृत मा.वि., सिम्रौनगढ न.पा. भित्र पर्ने रनिवास मन्दिर, कंकाली मन्दिर, पत्थरको पिलर, झरौखर पोखरी, ईशरा पोखरी, काँटघाँट, आदर्श कोतवाल भित्र पर्ने कोतवाल, बारागढी , काइलामन, सुर्वण न.पा. भित्र पर्ने कव्ही दरवार
बारा जिल्ला देशकै महत्वपूर्ण औद्योगिक क्षेत्रको रुपमा पनि रहको छ । यस जिल्लामा सूर्या नेपाल कम्पनी लि. , डाबर नेपाल , हिमाल आईरन जगदम्बा स्टिल भगवती स्टिल नेशनल हेल्थकेयर नेपाल फर्मास्युटिकल लगायत स्टिल, फलाम , सिमेन्ट, औषधी, खाद्य पदार्थहरुका उद्योगहरु रहेका छन ।
उप-महानगरपालिका | नगरपालिका | गाउँपालिका |
कलैया | निजगढ | परवानीपुर |
जितपुरसिमरा | कोल्हवी | प्रसौनी |
महागढीमाई | बारागढी | |
पचरौता | आदर्शकोतवाल | |
सिम्रौनगढ | विश्रामपुर | |
करैयामाई | ||
फेटा | ||
देवताल | ||
सुवर्ण |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, वारा
Powered By: ProActive Developers