Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वारा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, वारा

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय 2076-05-18

जिल्ला प्रशासन कार्यालय बाराको संक्षिप्त परिचय

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम बारा जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न तथा जिल्लास्थित अन्य कार्यालयहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासन कायम गर्ने जिम्मेवारीका साथ वि.सं. २०२८ सालमा स्थापना भई निरन्तर रुपमा संचालन हुँदै आएको निकाय जिल्ला प्रशासन कार्यालय बारा हो । मुख्यतया यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ ले निर्दिष्ट गरेका गृह मन्त्रालयको सम्पूर्ण अधिकार क्षेत्र भित्र रहेर कार्य गर्दै आएको छ ।  जसमा संघ, प्रदेश र स्थानीय तहहरु बीच समन्वय र सुरक्षा प्रबन्ध, अपराध रोकथाम तथा नियन्त्रण, दैनिक रुपमा नियमानुसार नागरिकता तथा राहदानी वितरण, हातहतियार तथा खरखजाना, सार्वजनिक सम्पत्तिको संरक्षण, जुवाजन्य क्रियाक्लापको नियन्त्रण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, सीमा सुरक्षा, अत्यावश्यक वस्तु तथा सेवाको आपुर्ति तथा बजार अनुगमन, सरकारी सवारी साधनको समुचित प्रयोगको व्यवस्था मिलाउने र अन्य आकस्मिक सम्पूर्ण कार्यहरु सम्पादन गर्दै आएको छ । बारा जिल्ला प्रशासन कार्यालय कलैया उपमहानगरपालिकामा अवस्थित छ ।

यस जिल्ला प्रशासन कार्यालय अन्तर्गत ३ वटा ईलाका प्रशासन कार्यालयहरुबाट सेवा प्रदान गरिदै आएको छ ।

क्र.स.

कार्यालय

सेवा प्रदान गरिने स्थानीय तह

ईलाका प्रशासन कार्यालय, सिमरा

जीतपुरसिमरा उपमहानगरपालिका

निजगढ नगरपालिका

ईलाका प्रशासन कार्यालय, सिम्रौनगढ

सिम्रौनगढ नगरपालिका

पचरौता नगरपालिका १, २, ३, ४, ५, ६, ७

आदर्श कोतवाल गाउँपालिका ६, ७

ईलाका  प्रशासन कार्यालय, कोल्हवी

कोल्हवी नगरपालिका  न.पा. ३,४,५,६,७ र८
बारागढी गाउँपालिका


पछिल्लो अपडेट गरिएको : 2080-05-05 10:42:42

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, वारा

Powered By: ProActive Developers